दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

नारायणघाटबाट बर्दिया तर्फ जाँदै गरेको ना६ख ९६७९ नम्बरको बस शुक्रबार साँझ साढे ४ बजे दुर्घटनामा परेको हो ।घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बर्दियाको मधुवन नगरपालिका ५ बस्ने ६२ वर्षीया गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ ।

प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post