वि.सं. २०७९ भाद्र १७ गते शुक्रवार तदनुसार ई. सं. २०२२ सेप्टेम्बर ०२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय :
बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:१४ बजे, चन्द्रोदय : दिउँसो १०:३३ बजे र चन्द्रास्त : बेलुका १०:२६ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:४८ बजे र सूर्यास्त : साँझ ०६:२९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय :
बिहान ०६:०२ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) षष्ठी तिथि, दिउँसो ११:२९ बजेसम्म, त्यसपछि सप्तमी तिथि, विशाखा नक्षत्र, बेलुका १०:२९ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, साँझ ०४:४४ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा,
ऐन्द्र योग, बेलुका ०७:०९ बजेसम्म, त्यसपछि वैधृति योग, सुरुमा तैतिल करण दिउँसो ११:२९ बजेसम्म, त्यसपछि गर करण बेलुका १०:३७ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : मात्तङ्ग, चन्द्रवणर् : सेतो (साँझ ०४:४४ बजेसम्म)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । काममा रुचि हुनेछैन, बरु रहस्य, अध्यात्म, तन्त्रमन्त्र र जादूटुनाका विषयमा रुचि बढ्न सक्छ, तर पनि नसोचेको धन हातमा आइपुग्ने दिन छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।
आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । मनमा रिस, घमण्ड र अहङ्कारको उदय हुनेछ, हरेक काममा आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ ।
आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धि र विवेकको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । बहस र विवादमा पकड भएको समय छ, तर शत्रु एवं प्रतिस्पर्द्धी बलिया देखिन्छन् । तौलेर बोलेको ठीक हुन्छ ।
आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम लुकाएर गर्नुपर्ने परिस्थिति बन्नेछ, हिसाबकिताबको कुरा हो भने पछि हट्नु ठीक हुन्छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ ।
आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ, अथवा लामो वा छोटो कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । सहकर्मी साथीको मद्दतले कुनै महत्त्वपूणर् कार्य सम्पादन गर्न सकिने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूणर्ता पाउने समय हो । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ ।
आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ प्रविधि वा सामाजिक सञ्जालको प्रयोग गरेमा कार्य सम्पादनमा सघाउ पुग्नेछ, आन्तरिक प्रतिभा र क्षमताको प्रदर्शन गरेर धन, मान र प्रतिष्ठा कमाउन सकिने छ । स्वार्थी र मतलबी व्यक्तिदेखि टाढा रहने समय हो, सुख एवं समृद्धिमा बृद्धि हुनेछ, तर पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुन्छ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूणर् कार्य गर्न प्रयास गरिने छ । सञ्चारमाध्यमबाट शुभ कुरा सुन्न पाइने छ ।
आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, आज जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ ।
आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । इच्छा पूरा हुने दिन हो, विशिष्ट व्यक्तित्व वा विद्वान् गुरुसित मित्रता र भेटघाट हुने समय हो । घरमा अभिभावकसित सम्पर्क गरी भलाकुसारी गरेको जाती हुन्छ । सफलता हासिल गर्न प्रतिस्पर्द्धामा जानुपर्ने परिस्थिति देखिन्छ । कारोबारमा लगानी बढाउनुपर्ने समय हो, तर बजेट बढे पनि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ ।
आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमः शिवाय यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुहोस्, लाभ हुनेछ । कुनै प्रस्तावउपर विचार/विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ ।
आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वैभवलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठनपाठनका दृष्टिले राम्रो समय छ, त्यसबाहेक क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । मानसम्मान र प्रतिष्ठा बढ्ने दिन हो । वंश, कुल र पितृपक्षका विषयमा आकर्षण बढ्नेछ, कार्यक्षेत्रमा वरिष्ठ कर्मचारीलाई र घरमा मान्यजनलाई सेवाचाकरी गरी प्रसन्न तुल्याउन सकिने छ । सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ ।
आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रातो/सेतो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ स्थानदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुनै प्रदर्शन वा प्रतिस्पर्द्धामा सरिक हुँदै हुनुहुन्छ भने आज गरेको प्रयासमा सफलता र स्याबासी मिल्ने देखिन्छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । अचानक खुसी हुने कुनै समाचार सुन्न पाइने छ । कामविशेषले देश/परदेशको यात्रा हुने वा घर छाड्नुपर्ने परिस्थिति पनि बन्नसक्छ ।
आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमो नारायणाय यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूणर् काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । वातावरण प्रतिकूल देखिन्छ, तर पनि जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ ।
आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।