करेन्ट लागेर बाबुछोराको भयो मृत्यु

सिरहामा करेन्ट लागेर बिहीबार बाबु र छोराको ज्यान गएको छ । गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षीय अमर साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरनजिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागेपछि उनलाई बचाउन पुगेका छोरा अमरलाई समेत करेन्ट लागेपछि दुवै घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि लहान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post