पानी भेलले ढाकिएकाे नालीमा खसेर बालकको यसरी भयो मृ’ त्यु… मनमा दया भए Rip लेख्नुहोस

भिषण वर्षाको कारण नालीले बगाएर एक बालकको ज्यान गएको छ । वडा नम्बर १६ सुन्दरफिड नजिकैको नालामा परी स्थानिय ११ वर्षीय बालक रविन तिवारीको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बाटोमा हिँडिरहँदा छेउतिर साइड लाग्ने क्रममा रविन सिधै नालीमा परेका थिए । स्ल्याबले नछोपिएको उक्त नाली पानीको भेलले सडककै तहमा भरिएको थियो । बाटो नदेखिएकाले अकस्मात् नालीमा खसेर बालकलाई बगाएको स्थानियबासीले बताएका छन् ।

तिवारी फर्निचरका संचालक राम्जी तिवारीको छोरा रबिनलाई २ घण्टा खोजीकार्य गरेपछि तल भेटिएका थिए । उनलाई लगत्तै मनिपाल अस्पताल लगिएकोमा पहिल्यै निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिएका छन् ।

पोखरा १६ दीप देखि लामाचौर, बाटुलेचौर सडक खण्डका नाली अत्यन्त असुरक्षित छ । यसअघि पनि २ जनाको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ । स्थानियहरुले सडक र नालि असररक्षीत भयो भन्दै स्थानियले बाटो बन्द गरेर आन्दोलन गरीरहेका छन

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post