उदयपुरमा एकैपरिवारका तीनजनाको यसरी भयो हत्या

उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले अनलाइनखबरलाई बताएअनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् ।

बेलकाका मेयर अशोक कार्कीका अनुसार घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । ‘बिहान ११ बजेको घटना रहेछ, टुक्राटुक्रा पारेको अवस्थामा शव भेटिएको छ’ उनले भने, ‘प्रहरीले संकलन गरेर एकठाउँमा राखेको छ ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post