दुबईमा छुरा प्रहारबाट नेपालीकाे मृत्यु

खोटाङ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा दम्कुका मेखराज ढकालको साथीको छुरी प्रहारबाट मृत्यु भएको छ। 

अबुधाबी अलदाफ्रास्थित एएमबी हेरटेल एलएलसी नामक कम्पनीमा कार्यरत ढकालको बाग्लुङको निसीखोला गाउँपालिका-६, निसीका दिलबहादुर बुढाको छुरी प्रहारबाट मृत्यु भएको हो।

सेप्टेम्बर २ को राति बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ। दुई जनाबीच भनाभन चलेको र सुत्न गएको बेला वाथरुम छेउमा बसिरहेका बुढाले ढकाललाई छातीमा छुरा प्रहार गरेको दाजु बसन्त ढकालले बताएका छन्।

घट्नास्थलमा ४६ मिनेटपछि मात्र प्रहरी पुगेको थियो। एम्बुलेन्समा राखेर अस्पताल लैजानेक्रममा करिब ८र१० मिनेटपछि ढकालको मृत्यु भएको थियो। छुरी प्रहार गर्ने बुढालाई घटना लगत्तै प्रहरीले पक्राउ गरेको छ । ढकाल चार वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका थिए।

उनी ६ महिनाअघि छुट्टी मनाउन घर आएर दुबई फर्केका थिए। एयर अरबियामार्फत ल्याइएको उनको शवलाई शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको नारायण बस्नेतले जानकारी दिए । उनका घरमा बृद्धावस्थाका आमा बुवा, दाजुभाउजू र दिदी छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post