बिहीबार बिहानै बारा महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको शंकास्पद मृत्युको खबर प्रहरीलाई आयो । यो खबर प्रहरीलाई घर पक्षले नभई माइती पक्षले दिएका थिए ।
तत्काल प्रहरी टोली घटना स्थल पुग्यो ।मृतकको शव ओछ्यानमै थियो । बायाँ आँखामाथि चोट लागेर रगत बगेको जस्तो देखियो ।
जबकी सहनाजको श्रीमान २७ वर्षीय सैमोदिन अंसारीले राति श्रीमतिसँगै सुतेको र उनको मृत्यु प्राकृतिक भएको दाबी गरिरहेका थिए । मृतकको जेठानी २५ वर्षीया अप्सना खातुन पनि दुई छोरासहित सोही घरमा बस्थिन् ।
अप्सनाले देवरको दाबीमा हो मा हो मिलाइन् ।साढे ४ वर्षको बालकसँग सोधपुछ गरेपछि भने सैमोदिनले ढाँटेको प्रहरीलाई पत्ता लगायो । प्रहरीले रितपूर्वक सोधपुछ गर्दा उनले काका आफूहरुसँगै सुतेको बताए ।
त्यसपछि प्रहरीले तत्कालै सैमोदिनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्न शुरु गरेको थियो ।मृतकको ससुराली पक्षले शंका लागेर प्रहरीमा खबर गरेका थिए,’ उनले भने ‘आँखा माथि चोट पनि थियो ।
सोधपुछको क्रममा साढे ४ वर्षको बच्चाले काका हामीसँगै सुतेको भनेर क्लू दियो । त्यसैको आधारमा सैमुदिनलाई पक्राउ गर्यौं । त्यसपछि मात्रै उनले घटनाबारे मुख खोले ।’