अटो दुर्घटनामा परी १५ महिने बालकको मृत्यु, ५ जना घाईते

रोल्पामा अटो दुर्घटना हुँदा १५ महिने बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । बिहीबार बेलुका साढे पाँच बजेतिर लिवाङबाट रेउघा कालोपत्रे बाटोमा जाँदै गरेको रा १ ह ३०२२ नम्बरको अटोरिक्सा।

घट्टखोला सडकमा अनियन्त्रित भएर दुर्घटना हुँदा १५ महिने बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनामा परी माडी गाउँपालिका २ निवासी ललिता घर्तीका १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको हो । गम्भीर घाइते भएका अनमोलको जिल्ला अस्पताल रेउघामा उपचारका क्रममा केहीबेरमै मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा उनकी आमा ललिता, रोल्पा नगरपालिका- १ निवासी ३३ वर्षीया मनकुमारी कुँवर, छोरी ११ वर्षीया रोशनी र सोही वडाकी १८ वर्षीया जानकी रावत घाइते भएका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post