चौरमा फालेको यस्तो अवस्थामा नवजात शिशु फेला प¥यो

रुपन्देहीको शुद्दोधन गाउँपालिका सौ फर्साटिकरमाबेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।सौ फर्साटिकर स्थित मोतिपुर प्राथमिक

स्वास्थ्य केन्द्र नजिकै रहेको सिमसारमा शिशु जन्माएर फालेको अवस्थामा सोमबार बिहान ८ फेला परेको प्रहरी चौकी फर्साटिकरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बिहान करीब ८ बजेको समयमा स्थानीय दुर्गा रानाले झाडिमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्दार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो।शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकेन्द्रले जनाएको छ।

गए राति देखि पानिमा रहेका कारणले सम्भावित जोखिम बाट बचाउन बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याएको भएपनि चिकित्सकले अवस्था समान्य र स्वस्थ रहेको बताएपछि पुन: प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post