जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, एक जना घाइते असोज १२,

सल्यान - सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा।

बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post