घाइते भन्छन् तीजमा सँगै नाचेको भिडियो टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई आँखा अगाडि गुमाउनुपर्यो

तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो ।

यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए ।मङ्गलबार बेलुकी करिब साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो । नौ जना घाइते भए । सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ ।

तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हरेर टोलाउँदै आँशु पुछ्दै गर्नुभएकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भन्नुभयो, “सँगै नाचेको भिडियो टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई आँखा अगाडि गुमाउनुप¥यो, मनै थाम्नै सकिएको छैन ।

सोह्र वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुप¥यो । आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उहाँले बताउनुभयो । यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ ।दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिनुभयो । 

उहाँलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ । मङ्गलबार बेलुका ५ बजे घटना भएको थियो उपचारका लागि घोराही ल्याउँदा बुधबार ५ बजेको थियो ।

गुरौँगाउँबाट उहाँसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो । यमकुमारीलाई चट्याङ लाग्दा आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा साहको घटनास्थलमै मृत्यु भयोे ।आँखा अगाडि छोरी गुमाउनुपर्दा उहाँँलाई सम्हालिन गाह्रो भएको छ ।

यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ । “नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो दुई वजेदखि नाच्न गएका थियौँ।

ठूलो पानी पर्न थालेपछि साँझ पाँच वजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौँ, होश आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन्”, उहाँले भन्नुभयो । चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियाँै । अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन् । त्यो घटनाले मन स्थिर हुनसकेको छैन

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post