भिरबाट लडेर किशोरीको मृत्यु

सल्यान — सल्यानमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । घाँस काट्न गएकी कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरको आँपचौर घर भएकी १६ वर्षीया रुपा पुलामीको मृत्यु भएको हो ।

बुधबार बेलुकी घरनजिकैको जंगलमा घाँस काट्न रुपा घर नफर्केपछि खोजतलास गर्दा बिहीबार दिउँसो झालेपहर भिरमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post