बुद्धनगरमा दुई किशोर-किशोरीको मृत्यु प्रकरण : ब्यागमा सुसाइड नोट भेटियो

बानेश्वरको बुद्धनगरमा मृत भेटिएका दुईजना विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

बुधबार साँझ ५ बजेतिर निर्माणाधीन घरबाट हामफालेर १३ र १४ वर्षका किशोरकिशोरीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार उनीहरुले लेखेको सुसाइड नोटसमेत भेटिएको छ । मध्यबानेश्वरस्थित पाठशाला विद्यालयमा उनीहरुले ब्याग छाडेका थिए, त्यसमा भेटिएको एक डायरीमा सुसाइड नोट भेटिएको हो ।

नोटमा आमालाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको भनिएको छ ।घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । यसका लागि मध्य बानेश्वरस्थित स्कुलको कक्षा ९ मा पढ्ने अन्य सहपाठीसँग पनि प्रहरीले सोधपुछ थालेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post