यिनै हुन् तीजमा नाचगान गरिरहेको बेला चट्याङ लागेर मृत्यु भएको दुई युवती

दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२।

गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घटनामा ज्यान जानेमा गुरौगाउँका १६ वर्षीया दीपा घर्ती र १९ ‍वर्षीया मोनिसा शाह रहेका छन् । तीजको दिन घरमा पूजापाठ सकेर रातिमा सालडाँडामा जम्मा भएर नाचगान गर्ने क्रममा चट्याङले लागेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।

चट्याङ लागेर १२ जना भन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । तस्बिर : फरक पोस्ट

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post