ललितपुरको धोबिघाटमा आगलागी , यसरी बन्यो सबै खरानी

ललितपुरको धोबिघाटस्थित एउटा कवाडी गोदाममा लागेको आगो करिब डेढ घन्टामा नियन्त्रणमा आएको छ।ललितपुर महानगरपालिका-३ धोबिघाट, बागडोलस्थित।

प्रकाश खत्रीको जग्गा भाडामा लिएर बच्चा साहले सञ्चालन गरेको कागतको कवाडी गोदाममा बुधबार दिउँसो १२:५५ बजे आगो लागेको थियो।करेन्ट सर्ट भएर लागेको आगो नियन्त्रणका लागि ललितपुरका २, काठमाडौं र भक्तपुरका १-१ वटा दमकल तथा ५ वटा पानी ट्याङ्करलाई करिब डेढ घन्टा लागेको थियो।

आगलागीमा परि २ भारतीयसहित ३ जना घाइते भएका छन्। जसमध्ये भारत घर भएका ६५ वर्षिय शिवनारायण पोदार गम्भीर घाइते भएका छन्। उनको पुरै शरीर जलेको प्रहरीले जनाएको छ।

यस्तै भारतकै ४५ वर्षिय राम आशिष साह र चितवनका ३० वर्षिय गणेश गुरूङको शरीर आंशिक जलेको छ।तीनै जना घाइतेलाई स्टार अस्पताल सानेमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post