डेढ महिने दूधे छोरी घरमै छाडेर नारायणीमा हाम्फालिन् ऋचा..

झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यास कार मिलन संग्रौला,,सँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्मा इन् ।

शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए ।तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचा,,लाई सकुशल घर फर्काउन भने पाएनन् ।

त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बना उन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् ।

तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो ।

सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेज हरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन् ।अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो ।

छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले शिलापत्रसँग भने, ‘बि हान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमा लाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।

चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटि इनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो ।

आइतबार १३औँ दिनको सांस्कृतिक विधि पुर्‍यायो । ‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए ।

उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।ऋचा कान्तिपुर सीटी कलेज (केसीसी)बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् ।

ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् ।थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।

एकाएक यस्तो घटना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोस्टपार्टम डिप्रेसन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पीडा मनमै लिएर केही नभनेरै गइन् ।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post