श्रीमान-श्रीमतीको विभत्स ह’त्या यस्तो अवस्थामा फेला पर्यो शव

रोल्पा: रोल्पामा दुई जना ह’त्या गरिएको अवस्थामा फेला परेका छन्। माडी गाउँपालिका ३ तालावाङमा श्रीमान/श्रीमती खुकुरीले काटेको विभ’त्स अवस्थामा भेटिएपछि अनुन्धान सुरु गरिएको छ।

रोल्पा परिवर्तन गाउँपालिका २, राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र निजकी श्रीमती करिब ३७ वर्षीया पार्बती मृत अवस्थामा भेटिएको रोल्पा प्रहरी प्रमुख डिएसपि बिनोद घिमिरेले बताए।

काठमाडौँ इटाभट्टामा काम गर्दा बिहे गरेर रोल्पा आइ तालावाङस्थित जयलाल डागीको घरमा मजदुरी गर्दै आएका उनिहरुको ह’त्या अनुसन्धानका लागी कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ।

घटनाको खबर पाएसँगै घर्तीगाउँ ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देबराज भट्राईको टोली र रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरेको टोली यतिबेला घटनास्थल पुगेको छ। वडा अध्यक्ष बलबहादुर बुढाले घटना रातीको घटेको हुन सक्ने बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post