दुर्घटना हुदा सैनिक जवानले गुमाए ज्यान…. मनमा दया भए Rip लेख्नुहोस ।

हेटौँडाबाट बीरगन्जतर्फ गइरहेको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको ट्रकलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ ।

हेटौंडा उपमहानगरपालिका–९ एचआईडीमा आज अपरान्ह दुर्घटना भएको हो ।ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशा जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको हो ।

सो क्रममा मोटरसाइकलमा सवार पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं २ की २५ बर्षीया श्रृजना विश्वकर्माको मृत्यु भएको छ ।घटनालगत्तै घाइतेलाई हेटौँडा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक आदर्श विश्वकर्मा र उनका ५ बर्षका छोरा आशिष घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृतक श्रृजना र उनका श्रीमान आदर्श नेपाली सेनाको राजदल गण खैरहनीटार तनहुँमा कार्यरत रहेको बताइएको छ । ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post