मोटरसाईकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु

बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा अर्घाखाँचीको धनचौरका बाबु र छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौर घर भई बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान भट्टराई रहेका प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरमा सवार मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post