कमेन्ट गर्नु भन्दा पहिले एकचोटी अबस्य पढ्नुहोस

गाउँमा एकजना भलाद्मी मानिसको नि ध न भएछ । उसका छोराहरू र छरछिमेक मिली ला स जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ।

र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएको थियो, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला स को दा हसं स्कार गर्न लैजानुहोस् ।अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए,।

छोराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएको कुरा गर्नु भएको थिएन । त्यसैले हामी यो पैसा दिँदैनौँ । छोराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू । ला स लाई बोक्न खोज्छन् तर त्यस मानिसले ला स को पाउ समातेर बसिरहेको हुन्छ ।यो खबर घरभित्रसम्म पुग्छ ।

बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनौँ भन्छन । म र्ने मानिसकी एउटी छोरी पनि थिइन् जो रुँदै बाहिर आइन् र ला स को गोडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहोस् यी गहना। यसलाई बेच्नुहोस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाको अन्तिम दा हसं स्कार नरोक्नुहोस ।

नपुगेको रकम पछि तिर्छु, सक्दो चाँडो व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छोरीलाई सान्त्वना दिँदै भन्छ, “छोरी, म यहाँ कसैलाई चिन्दिन, उहाँको बारेस चिन्नु थियो ।मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुभएको थिएन, बरू मैले उहाँसँग मागेको थिएँ । उहाँ बित्नुभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हो भनी बुझ्न यो नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएको सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लौ राख यो १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ ।

वास्तवमा छोरीको माया जीवनको साया हो । छोरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसको घरमा छोरी छिन्, त्यो घर पहिलो स्वर्ग हो । सामाजिक संजालमा भेटिएको कथा दर्पण नेपाल डटकम बाट ।


Post a Comment

Previous Post Next Post