कञ्चनपुरकी एक महिलाले यस्तो सुुसाईटी नोट लेखेर गरिन् आत्महत्या

कञ्चनपुरकी एक महिलाले सुुसाईटी नोट लेखेर आत्महत्या गरेको घटना चर्किदै छ । घटना रहस्यमयी भएको भन्दै आफन्त र गाँउलेले घटनाको सुक्ष्म अनुसन्धान गर्न माग अघि सारेका छन ।

सनाका मान्छेसंग प्रेम सम्बन्ध रहेको भन्दै गाँउमा हल्ला चलेपछि घटना भएकाले सेनाका कुन सेनाका मान्छे हुन, उनलाई समेत झिकाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ ।

शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २५ बर्षिया शान्ति देवी धामीले गत ३० साउनमा सुसाईटी नोट लेखेर आत्महत्या गरेकी थिईन । उनले गोमती धामी, डबले कुँवर, लोकेश धामी, नाना धामी, बाबु महरा, उमेश भनिने ६ जनाको नाम उल्लेख गरेर आत्महत्या गरेको मृतका जानकीका दाजु हरिसिह महराले बताए ।

‘मेरै बहिनी हुन, ६जनाको नाम उख्लेख गरेर आत्महत्या गरेको पाईयो, ‘उनले भने, ‘घटनाले सुक्ष्म तथा गहिरो अनुसन्धान होस, दोषिमाथि कार्बाही गर्नुप¥यो ।

मृतक जानकीका दाजु हरिसिह महराले सुसाईट नोटमा नाम उल्लेख भए अनुरुप ईंप्रका झलारीमा किटानी दिएको बताए । तर, गाँउलेहरुले मृतक महिलासंग अवैध सम्बन्ध राख्न खोज्ने सेनामाथि समेत छानबिनको माग अघि सारेका छन ।

सेना निकुञ्जको संरक्षण गर्न आएका हुन, कि कुनै महिलासंग अवैध सम्बन्ध भन्दै गाँउमा सेनाप्रति प्रशन तेस्र्याईरहेका छन । सेनाले समेत यस्ता मार्यादा विपरित काम गर्नेमाथि छानबिन गरेर कार्बाही गर्नुपर्ने स्थानीयको सुझाव छ ।

Post a Comment

Previous Post Next Post