जितको खुसी नबाँड्दै भद्रपुरका १४ वर्षीय करण मृत भेटिए

भद्रपुर नगरपालिका ४ का १४ वर्षीय बालक करण गिरी घरमै मृत भेटिए । हिजो विद्यालयमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा विजेता भएका करण हर्षित थिए । तर, जितको खुसी बाँड्न नपाउँदै उनी मृत अवस्थामा भेटिए ।

१४ वर्षीय बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेको घटनाले छरछिमेक स्तब्ध बनेका छन् । करणले हिजो बेलुका घरको ढोकाको हेन्डलमा टाईको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।

बेलुका साढे ४ बजेतिर झुन्डिएको अवस्थामा उनकी आमाले देखेपछि उपचारका लागि मेची अस्पताल लाँदै गर्दा मृत्यु भएको जनाइएको छ । मोर्डन अंग्रेजी स्कूलको कक्षा ८ मा उनी अध्ययनरत थिए ।

विद्यालयबाट घर फर्किएर उनले आत्महत्या गरेका हुन् । सो घटनाले आफूहरुलाई चकित बनाएको विद्यालयका प्रिन्सिपल मंगल थापा मगरले बताए ।१४ वर्षीय बालकले टाईको पासो लगाई झुन्डिनु अस्वाभाविक भएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले मृतक बालकको शवलाई पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए । आत्महत्या गर्नुको कारण खुलिनसकेको उनले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post