कञ्चनपुरमा २ वर्षीया बालिक को शव यस्तो अवस्थामा फेला

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मा दुई वर्षीया बालिका नहरमा मृत भेटिएकी छन् ।

भीनपा–१७ बडुवाल चौराहाका खेमराज भट्टकी २ वर्षीया छोरी मुस्कानको शुक्रबार बिहान नहरमा शव फेला परेको प्रहरीले जनाएको छ ।बिहीबार साँझ ६ बजेदेखि ती बालिका घरबाट हराएकी थिइन् ।

नहरमा डुबेको आशंकामा अभिभावकलेखोजतलासका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस मझगाउँलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी नायव निरीक्षक जगतसिंह थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार घरभन्दा करिब ७ सय मिटर दक्षिण नहरमा शव भेटाएको हो । बालिकाको नहरमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post