बाटोमै सुत्केरी भएकी महिला बेहोस, स्वास्थ्य अवस्था गम्भीर

रुकुम पश्चिम - रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।त्रिवेणी गाउँपालिका-२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएकाे हो ।

वर्षाका कारण आएको पहिराेले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उहाँको स्वास्थ्य अवस्था गम्भीर भएकाे हाे ।स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएकाे तर करिश्माले बाटोमै बच्चा जन्माउनु भएको उहाँकी सासुआमा कौशिला पुनले जानकारी दिनुभयो । 

करिश्मालाई हिजाे बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो ।गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाइएन, दुई घण्टा हिँडेरमाथि गाउँ पुगेको बेला बच्चा जन्मियाे,’ कौशिलाले भन्नुभयो, ‘करिश्माकाे निरन्तर रगत बगिरहेको छ ।

उहाँले करिश्मा बेहोस हुँदै होसमा आउँदै गरेको बताउनु भयाे । उहाँले स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पुर्याउन मुश्किल भएको बताउनु भएकाे छ ।

रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएकाे छ । याे सडक खण्ड खुलाउने प्रयास कहीँकतैबाट नहुँदा स्थानीयले सास्ती भाेगिरहेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post