आफ्नै छोराले बुवालाई कुटेर यसरी गरे हत्या

तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । मङ्गलवार बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

घाइतेलाई उपचारको लागी छथर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post