इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो, प्रहरी भन्छ-आधा मात्रै देखिएको छ

इँटा बोकेको ट्रक मुग्लिन नजिकै त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दुर्घटनाबारे थप जानकारी आउन नसकेको जानकारी गराएको छ ।चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा ट्रकको केही भागमात्रै देखिएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।ट्रकमा कति जना सवार थिए, अवस्था के छ भन्ने खुल्न सकेको छैन् । ट्रक नदीमा डुबेकोले नम्बर र कतिजना सवार थिए भन्ने जानकारी आइसकेको छैन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post