शिक्षकको कुटाइबाट ६ कक्षामा अध्ययनरत छात्रा घाइते !

काठमाडौं । महोत्तरीको औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् ।

कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको लठ्ठीले हानेर घाइते बनाएको खुलेको छ ।अहिले ती छात्राको अस्पतालमा उपचार भइरहेको छ ।

कक्षा-६ विज्ञान विषयका शिक्षक दिपेश यादवले गृहकार्य नगरेको भन्दै उनीमाती निर्घात कुटेको गरेको परिवारको आरोप छ । बलिकाको शरीरभरी लठ्ठीको सुम्ला छ ।यसैको पीडाले ज्वरो आएको उपचारमा सग्लन स्वास्थ्यकर्मीले जानकारी दिए ।विद्यालयले पनि शिक्षक यादवले कुटेको स्विकार गरेको छ ।कुटाईपछि हो ।

हल्ला भएपछि-अभिभावक राखेर घटना गुपचुप बनाउन खोजेको अभिभावकहरूको गुनासो छ ।उनकी आमा सुन्दरकलाले भनिन्, ‘विद्यालयका प्रधानध्यापक शिवशरण यादवले हामीलाई बोलाएर उपचार खर्च भन्दै पैसा दिन खोजे । तर हामीले मानेनौँ ।’शिक्षक यादवको यातनाकै कारण बालिका त्रसित बनेकी छिन् । अरु विद्यालयमा भए पढ्ने तर त्यो विद्यालयमा अब नजाने भनेर छोरी चिच्याउँछिन

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post