महाकाली नदीमा बगेर १६ वर्षीया कविता र १५ वर्षीया संगिता बेपत्ता

महाकाली नदीमा बगेर दुई जना किशोरी बेपत्ता भएका छन् ।शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगिता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।शुक्रबार दिउँसो १ बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका हुन् ।

किशोरीहरु बेपत्ता भएको खबर पाएपछि प्रहरी परिचालन गरिएको छ । घटनाबारे बुझ्नको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ पुग्नुभएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post