
पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन् बाग्लुगं नगरपालिका १४ की वर्ष ३३ की प्रमिला अखेली ।
दुई नाबालिग छोरासँगै र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बाग्लुगंको कैयाबासीहरुसबैलाई रुवाएर बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हामफालेर सँधैका लागि बिदा भइन् ।
बढेको कालीगडकी नदिमा फदालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन् ।साउन महिनामा माछा मा`सु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मा`सु पकाएर खुवाएर आँफु बिदा भइन् ।
उक्त दिन प्रमिलाले मा`सु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानियहरु बताउँछन् ।प्रमिलाले भित्र – भित्रै योजना बनाएर त्यो दिन मा`सु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँदै भनिन् ।
‘यती राम्रा मुटुका टु`क्राजस्ता छोरालाई छाडेर कसरी जान सकेकी अर्की स्थानीयले रुँदै भनिन् अब ५ – ६ महिना पछि पोर्चुगल उड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौँ ।
पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मुटाव भइरहेको अवस्थाकाबिच तनावमा रहेकी प्रमिलाले यो कदम चाल्नु अघि नै एउटा नोट लेखेका प्रहरीले जनाएको छ । उनले ३ पाना लामो सु,सा इट नो ,टमा देउरानी, पति र ससु्राका बारेमा लेखेको प्रहरी बताउँछ ।
बाग्लुगंका एसपी दयानिधी ज्ञवालीका अनुसार अहिले पनि इन्सपेक्टरको कमाण्डमा श`व खोज्ने काम भइरहेको छ ।प्रमिलाले बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फदाल्नु अघि चप्पल र सल समेत पुलमा छाडेको एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार अहिले कालीगण्डी नदिमा खोज्ने काम भइरहेको छ ।
प्रमिलाका पति लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रमिला पनि ५ – ६ महिनजापछि उड्ने तयारीमा थिइन् । उनी पनि पति भएकै देश पोर्चुगल जाने तयारी गरेकी थिइन् । तर उनले चालेको कदमले सबैलाई स्तब्ध बनाएको छ ।