आफ्नै आमामाथि आपत्तिजनक आ,रोप लगाएर सार्वजनिक स्थलमा नै ल्याएर कु,टपिट गर्ने पुत्रलाई पुत्र नै भनौं कि कुपुत्र!छोराका नाममा एक कलंकले आफ्नो ६० वर्षीया आमालाई अस्पताल भर्ना हुने गरी कु,टपिट गरेको एक द,र्दनाक घ,टना हो, यो ।
छोरा मात्रै होइन, उनका बाबुसमेत मिलेर बृद्धामाथि अत्याचार गर्थे ।अतिचार भएपछि सहन नसकेर ती आमा त्रिशूलीमा हाम्फालिन् । फुटबल खेल्दै गरेका युवाले देखेर उद्दार गरिदिए । अरु नै कसैले जन्माएका छोराहरुले यी आमाको ज्यान बचाए तर, आफैले जन्माएको छोराले भने बृद्धा आमालाई सडकमै कु,टपिट गरे ।
अरुले रोक्न खोज्दा उनीहरुलाई पनि आ,क्रमण गरे ।भीड बढेपछि ती कुपुत्र हतियार लिएर निस्के । कसैले कसैलाई कु,टेको कुरालाई कसरी राम्रो भनौं तर, जनताले यी कुपुत्रको रामधुलाई गरे । कानून सम्झिँदा यो रामधुलाई गलत भन्नु पर्ने हुन्छ, तथ्य बुझ्दा जनताको अदालतलाई सलाम गर्नुपर्ने अवस्था छ ।
यो घ,टना काठमाडौँ बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा रहेको कुमारी बैंक अगाडिको हो । समय बिहान ११ः५८ बजे आइतबार ।एक बृद्धा आफ्नै शुरमा हिडिरहेकी थिइन् । एक व्यक्ति दौडदैँ आउँछ र बृद्धामाथि आ,क्रमण गर्छ ।
उनले मुक्का हिर्काउछन्, बृद्धा आमा भुइँमा पछारिन्छिन् तर, कुटपिट गर्नेले बृद्धामाथि मुक्का वर्षाइरहन्छन् ।यसरी कु,टाइ खाने बृद्धा गोल्फुटार ८ बस्ने ६० वर्षीया गोमा खड्का हुन् भने उनलाई कु,टपिट गर्ने अरु कोही नभएर गोमाको आफ्नै ४० वर्षीया छोरा प्रदीप खड्का हुन् ।
प्रदीपले आफ्नो आमालाई मुक्का बजार्ने क्रममा अर्का एक युवाको इन्ट्री हुन्छ । यी युवाले बृद्धामाथिको अ,त्याचार रोक्न खोज्छन् । यहि बेला कु,टपिटमा परिरहेकी बृद्धाका पति पनि आइपुग्छन् ।
पति र पुत्र मिलेर फेरि बृद्धामाथि र उनलाई जोगाउन खोज्ने युवामाथि पनि आ,क्रमण गर्न थाल्छन् । अ,चेत भएर ढलिसकेकी गोमामाथि कुनै दया नराखी उनकै पतिले लात्ती ब,जार्छन् ।