
काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रे स्थली, पदमसाल मा एकै परिवारका चार जना ले ज्यान गुमाए । श्रीमान र श्रीम ती बिचको बिबाद ले छोरा छोरीले पनि ज्यान गुमाउनु पर्यो ।
गोरखाको भीमसेन थापा गाउँपालिका(६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको ज्या न लिएर आफूले पनि ज्यान फालेको आशंका गरिएको छ ।
सोहिओ घटनामा ज्यान गुमाएकी सुनिताका दाजुले भने ज्वाई र बहिनीको सम्बन्ध नराम्रो भए पनि बहिनीले ज्यानै गुमाउनु पर्ला जस्तो उनलाई लागेको थिएन् । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । उनले इले क्ट्रोनिक्ससम्बन्धी काम गर्थे भने सुनिता फेन्सी पसल चलाउँ थिन् ।
दिनेश र उनकी श्रीमती सुनिताबीच भने पारिवा रिक झगडा हुने गरेको थियो । उनीहरु पारिवारि क झगडा लिएर ३ पटकसम्म प्रहरीको बालाजु बृत्तमा पुगेका थिए ।
पछिल्लो समय भने सुनिता बेलायत जाने तयारीमा थिइन् । ६ महिनाको सिजनल भिसा लगिसकेको उनी दुई सातापछि बेलायत उड्ने तयारीमा थिइन् ।त्यसका लागि उनले आइतबार मात्र माछापोखरीस्थित मेगाड्रिम सहकारीमा रहेको आफ्नो खाताबाट रकम झिकेर खाता बन्द गराएकी थिइन् ।
उनले टिकटकमा राखेको एक भिडियोले पनि उनि बाहिर जान लागेको पुष्टि गर्छ ।जहाँ उनले युके भिसाको लागि भाइलाई धन्यवाद दिएकी छन् ।पारिवारिक झगडाकै कारण दिनेशले श्रीमती र छोराछोरीको ज्यान लिएर आफूले पनि ज्यान फालेको शंका घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुले गरेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीमा आफ्नो परिवारको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले लेखेको ९ पानाको सुसाइड नोट प्रहरीले फेला पारेको छ ।अपनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले आफ्नी श्रीमतीलाई गुनासो पोखेको सुसाइड नोट लेखेका छन् । उनले सुसाइड नोटमा श्रीमती सुनिता काप्री पाण्डेले अनाव श्यक रूपमा घरेलु हिंसामा प्रहरीमा उजुरी दिएको जनाएका छन् ।
उनले सुसाइड नोटमा ‘२०७७ माघमा अनावश्यक रूपमा प्रहरीमा उजुरी दिइस्’ भनेर लेखेको प्रहरीले बताएको छ । उनले १२ वर्ष कुवेतमा बसेर श्रीमती र छोराछोरीका लागि कमाएको कुरा पनि नोटमा उल्लेख गरेको प्रहरी अधिकारीले बताएका छन् ।
प्रहरी अधिकारीका अनुसार उनले लेखेका छन्, ‘१२ वर्ष विदेशमा बसेर घरपरिवारका लागि कमाएको थिएँ । अहिले आएर मलाई हेला गरिस् ।’सबै कुरा घरपरिवारका लागि गर्दागर्दै पनि खाना नदिएको र परिवारले हेला गरेकोदेखि श्रीमतीसँग प्रेम गरेको समेत उनले नोटमा उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए ।
पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोरा छोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आ,त्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
उनले ३५ वर्षीया श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिषको ह,त्यापछि आफूले पनि आ,त्मह,त्या गरेका प्रहरीको प्रारम्भिक अनुमान छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार श्रीमती र छोराछोरीमाथि धारिलो हतियारले प्रयोग गरेर उनले अर्काे को ठमा गएर आ,त्महत्या गरेका छन् । उनी पहिला कोठाको पंखा मा झुण्डिन खोजेको तर त्यो सफल नभएपछि आफूलाई नै चक्कुले प्रहार गरेर आत्म,हत्या गरेको देखिएको छ ।
हेर्नुहोस् भिडियो