छोरीकाे प्रेमीलाई भेट्न बाेलाएर यसरी कुटपिट गरे पछि ...

आफ्नी छोरीसँग प्रमे सम्बन्ध रहेका युवकलाई दाङका एक शिक्षकले निर्घात कुटपिट गरेका छन्। आफ्नी छोरीसँग प्रेममा रहेका जिल्लाको राजपुर ३ खरदरीयाका १९ वर्षीय मन्साराम यादवलाई राजपुर ३ बेलाका पाटेश्वर यदवले निर्घात कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेका अनुसार पाटेश्वरले सुरुमा छोरीलाई फोन गर्न लगाएर मन्सारामलाई बोलाउन लगाएका थिए। प्रेमीकाले फोन मार्फत बोलाएपछि मन्साराम घरदेखि झण्डै तीन किलोमिटर दुरीमा रहेको पाटेश्वरको घर नजिकै पुगेका थिए। लगत्तै उनीमाथि कुटपिट भएको थियो।

प्रहरीका अनुसार मन्सारामलाई बाटोमा पाटेश्वरसहितको एक समूहले आक्रमण गरेको थियो। ‘छोरीसँग प्रेममा रहेको भन्ने थाहा पाएपछि केटीका बुवाले केटालाई बोलाएर बाटोमा निर्घात कुटपिट गरेका रहेछन्,’ एसपी काफ्लेले भने, ‘कुटपिट गरिएका युवकको शरिरमा निलडाम छन्।’ कुटपिट गर्ने पाटेश्वर बेलास्थित जनज्योती माविका शिक्षक हुन्। उनकी छोरी र कुटाई खाएका युवक मन्साराम पनि यही विद्यालयमा ११ कक्षामा अध्ययनरत छन्।

प्रहरीले कुटपिटमा संलग्न पाटेश्वर र उनका दाई धिरबहादुर यादवलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरिसकेको एसपी काफ्लेले जानकारी दिए। उनका अनुसार पाटेश्वरसँगै उनका दाई धिरबहादुर पनि कुटपिटमा संलग्न भएका थिए। २१ गते राती ९ बजेतिर भएको यो घटनापछि मन्सारामलाई यो घटना बाहिर सार्वजनिक नगर्न दबाब दिएर छोडिएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post