स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका–१ का ३० वर्षीय शंकर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दर्घटनामा गम्भिर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।स्कुटर अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post