दाङबाट खतरनाक महिलाहरु पक्राउ गरेछ यस्तो डरलाग्दो हर्कत..

नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपा लिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घो,राही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका ३२वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

घोराही उपमहानगरपालिका – १०नारायणपुुर बजारमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई शर्मिला नेपालीले साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् ।

घर्ती घरमा पुगेको केहि समयपछि त्यहाँ पुगेका अन्य चा रजनाले रकमको बार्गेनिङ गरेका थिए । भने अनुसार रकम नदिए प्रहरीमा बलात्कारमुद्दा दर्ता गर्ने त्रास देखाएपछि पिडितले १२ लाख २० हजार दिने सहमति अनुसार एक लाख नगद र २÷२ लाख रुपैयाँको २ वटा चेक र ७ लाख २० हजारको एउटा चेक दिएका थिए ।

पिडकले बोलाएर घरमा गएका घर्तीले १२ लाख रुपैयाँ तिर्नै पर्ने बाध्यता भएपछि उनी प्रहरीमा पुगेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेकाहरु माथि मुुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार अपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धानभईरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । यस अघि पनि हनिट्रयामा ३ जना महिला पक्राउ परेका थिए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post