विद्यार्थीहरू बेहोस हुन थालेपछि विद्यालय बन्द

बझाङको बित्थडचिर गाउँपालिका–१ स्थीत श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ ।

आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका हुन् । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए।

उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एक जना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले । उद्धारमा खटिएका शिक्षिकालाई समेत समस्या भयो ।

पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोस्रो दिन स्वास्थ्यचौकीमा पुर्याएर उपचार गराइएको उनले बताए । बेहोस भएका छात्राहरू नबोल्ने तथा इसाराले घाँटी च्यापिएको बताउने, आँखा फर्काउने गर्दछन् ।बेहोस भएका केही छात्राहरूको घरमा धामी बसाएपछि होसमा आएको शिक्षक मुरलीधर अवस्थीले बताए ।

उनले भने, ‘अघिल्ला वर्षहरूमा पनि यस्तो समस्या देखिएको थियो । अधिकांश छात्राहरू धामी चलाएपछि निको हुन्छन् । नजिकै मसानघाट रहेकाले स्थानीयवासीले मसान लागेको आंशका गरेकाछन् ।

विद्यार्थीहरूमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरूमा मास हिस्टेरीया भएको डाक्टर ईश्वर बलामीले बताए ।

उनले भने, ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्राहरू एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केही दिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।

चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने डाक्टर बलामीको भनाइ छ । यस्ता छात्राहरूमा केही अन्य स्वास्थ्य समस्याहरू देखिएमा अस्पताल पुर्याउन उनको सुझाव छ ।

विद्यालयमै पुगेका डाक्टर बलामीले एक घण्टा शिक्षकहरूलाई सहजीकरण गरेका छन् । उक्त समस्या दार्चुला र बैतडीका समेत केही विद्यालयहरूमा देखिँदै आएको छ ।

बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शिर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैया राजश्व संकलन गरेको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ संकलन भएको नगरपालिका राजश्व शाखा अधिकृत शुशिला श्रेष्ठले जानकारी दिइन् ।

राजश्व आम्दानी हुने मुख्य शिर्षकहरू मध्ये घरबहाल कर ५५ लाख २३ हजार ४ सय १७ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गत वर्ष ३० लाख घर वहाल कर संकलनको अनुमानित लक्ष्य लिएकोमा लक्ष्यभन्दा ४० प्रतिशत बढी व्यवसाय कर संकलन भएको श्रेष्ठले बताइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post