ओडारमा बसेकी जलुदेवीको पालन पोषणको जिम्मा गाउँपालिकाले लियो

पाँच वर्षदेखि ओडार बासको जीवन बिताइरहेकी जुलदेवी बुढाको पालन पोषणको जिम्मा गाउँपालिकाले लिने भएको छ। ५ वर्षको छोरासहित ओडारमा जीवन बिताउन बाध्य 

जलुदेवीको पालन पोषणको जिम्मा खप्तड छेडेदह गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्।

जलुदेवीले घरबास नहुँदा ओडार बासको जीवन बिताएकै अवस्थामा प्रहरीले उद्धार गरेको थियो।खप्तड छेडेदह गाउँपालिका २ काँडाकी जलुदेवी श्रीमान र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारको बास बसेर जीवन गुजारा गरिरहेकी थिईन्।

पाँच वर्षदेखि मानव भएर पनि दु:ख लाग्दो जंगली जीवन बिताउन बाध्य जलुदेवीलाई प्रहरीले उद्धार गरेपछि थप पालन पोषण र जीवन सुरक्षाको जिम्मा गाउँपालिकाले लिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन्। आमा छोराको पालन पोषण, छोराको शिक्षा र स्वास्थ्याेपचार सबै जिम्मा पालिकाले नै लिने गरि संरक्षण गरिएको अध्यक्ष रावतको भनाई छ।

५५ वर्षको उमेरमा साहराविहीन अवस्थामा जलुदेवी गाउँ नजिककै जंगलको ओडारमा बस्न बाध्य थिइन्। आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले गएको शुक्रबार उद्धार गरेको थियो। ओडारबाट उद्धार गरिएका आमा छोरा दुबै जना कुपोषणबाट सिकार छन्।

जलुदेवीका श्रीमान भने जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि दोस्रो विहे गरेका थिए। बझाङ्ग माइतीघर भएकी जलुदेवीका तीन छोरा छन्। जेठा छोरा १८ वर्षका चक्र बुढा भारतमा बस्छन्। १२ बर्षका छोरा कुशल बुढा बुवासँग गाउँकै घरमा बस्छन्।

५ वर्षका कान्छा छोरा मीन भने जलुदेवीसँग ओडारमा बस्ने गरेका थिए।घरमा बस्न खाने अवस्था नभएपछि जलुदेवी ओडारमा बस्न बाध्य भएकी हुन्। श्रीमानले कान्छी भनेर हेला गर्ने, राम्रो व्यवाहार नगर्ने र खान बस्न र लगाउन लुगा कपडा नदिने भएपछि ओडारको विकल्प रोजेको स्थानीयको भनाई छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post