सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालि का–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन्।
उनीहरुले अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई–सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गर्ने धन्दामा संलग्न रहेको बुझिएको छ ।पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–२का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो।
उनीहरुले ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुक मा जोडिएका साथीहरुलाईम्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई–सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिए पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
फेसबुक ‘ह्याक’ गरिसकेपछि पासवर्ड चोरी गरेर म्यासेन्जरमा र्फत म्यासेज पठाउँदै नक्कली ई– सेवा आईडीमा पैसा ‘ट्रान्स फर’ गर्न लगाउने गरेको पाइएको बताइएको छ ।
उनीहरु ‘कम्प्युटर साइन्स’का विद्यार्थीसमेत रहेको खुल्न आउको छ । उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्व साधारणलाई ठगी गरेको हुनसक्ने सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए ।