झापामा कोब्रा सर्पले डस्दा एक जनाको मृत्यु

झापा : झापाको कचनकवलमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा कचनकवल गाउँपालिका-५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडु रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए

प्रहरी अनुसार शनिबार बिहान ५ बजे आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडुलाई किङ कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो।सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंशको उपचार केन्द्र बनियानी लगिएको थियो। समयमै उपचार केन्द्र पुर्‍याउन नसक्दा उनको शरीरभरि विष फैलिसकेकाले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो।

तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो। उनलाई उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post