प्युठानमा भएको जीप दुर्घटनामा परी एकैघरका दुई सहित तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।दुई जना भने उपचारपछि घर फर्किएका छन्।
जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने नजिक खहरेखोलामा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दुर्घटना भएको थियो ।