केही खुसी दिएको परदेशले आखिरीमा रुवाइ छाड्यो !

काठमाण्डौको शंखमूल ओरालो कटेपछि आउँछ आयुष अस्पताल । अस्पतालको कोठा नम्बर तीन । बेडमा लमतन्न परेका आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनुभएको छ काभ्रे रोशी गाउँपालिकाकी बसन्ती तामाङ ।

टेबुलमा औषधिहरु छरिएका छन् । फ्राइबिनमा झोलिलो खानेकुरा छ । रामबहादुरको नाकमा लगाइएको मसिनो पाइपबाटै झोलिलो खानेकुरा दिइन्छ । झ्यालबाट आएका घामका किरणले उहाँलाई थेरापीको काम गरेको छ । आँखा खुल्ला छन् । कतिबेला निभाउनुहुन्छ ।

कोही चिनेको जस्तो लागेमा हेरिरहनुहुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हातखुट्टा चलमलाउनुहुन्छ । श्रीमानले यत्तिको चलमल गर्दा बसन्तीको आशा बढेर दोब्बर हुन्छ ।साउदीअरबको गर्मी । घर फर्किने दिन नजिकिँदै गर्दा रामबहादुरलाई लागेको थियो अब यो मरुभूमिमा फर्केर आइन्छ आइन्न ।

जानेबेला केही समय घुमौँ । सपिङ गरौँ । आफू परदेश आउँदा बा भन्न नसिकेको छोरा अहिले हुर्केर स्कुल जाने भइसक्यो । परदेशमा पाँच वर्ष बिताइयो । अब घर फर्किनुपर्छ । श्रीमती, छोरा र घरपरिवारको साथमै बसेर सानोतिनो व्यवसाय गर्नुपर्छ । अघिल्लो राति श्रीमती बसन्तीसँग फोनमा यस्तै कुरा गर्नुभएको थियो रामबहादुरले ।

बसन्तीको खुसीको सीमा थिएन । तर श्रीमानको घर फर्किने कुरा सुन्दै निदाएकी बसन्ती बिहान उठ्न नपाउँदै भाइले सुनाएको खबरले छाँगाबाट खसेझैँ हुनुभयो ।गएको जनवरी १३ मा रामबहादुर साउदीमा सडक दुर्घटनामा पर्नुभयो । नेपाल फर्किन एक हप्ता मात्रै बाँकी हुँदा साथीहरुसँग घुम्न निस्किनुभएको थियो ।

चार जना थिए कारमा । दुई जना पछाडि बसेका थिए । ड्राइभरको छेउमा रामबहादुर हुनुहुन्थ्यो । अचानक कारलाई पछाडिबाट आएको लरीले ठक्कर दियो । कारमा सवार तीन जना साथीहरुलाई खासै चोट लागेन तर कारको सीसा रामबहादुरको घाँटी र टाउकोमा गाडियो । उहाँ दुर्घटना भएको एक मिनेटमै यो खबर बसन्तीको कानमा पर्यो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post