मन्दिरका दर्शनार्थी बोकेको बस दुर्घटना, १४ घाइते

भक्तपुर — केदारनाथको शिर मानिने डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

भक्तपुरस्थित प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुन्दर चौलागाईंका अनुसार सोमबार दिउँसो डोलेश्वर मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको बा ३ ख ३७८४ नम्बरको बस सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा दुर्घटना भएको छ ।

बस दुर्घटनाबाट घाइते १० जनाको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा र ४ जनाको मध्यपुर अस्पताल नयाँथिमिमा उपचार भइरहेको छ ।

घाइते सबैको अवस्था सुधारोन्मुख रहेको प्रहरी निरीक्षक चौलागाईंले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post