सप्तकोशीको बाँध फुटेर दर्जनौ भन्दा धेरै घर तहस नहस हजारौं बिचल्ली

काठमाडौँ – अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्।

बाढी आउदा डुबाउँला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ। नदीले धार परिवर्तन गरी बेलका नगरपालिका- ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीवता दिएका छन्काठमाडौँ – अविरलको वर्षासँगै आएको।

बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन्।

बाढी आउदा डुबाउँला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरुलाई सताउने गरेको छ। नदीले धार परिवर्तन गरी बेलका नगरपालिका- ८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीवता दिएका छन्।

नदी तटीय क्षेत्रका स्थानीयवासी वषौँदेखि यो समस्यासँग जुध्दै आएका छन्। कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयबासी बताउँँछन्।

नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन। सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्य भागबाट बग्दछ।बर्खामा नदीले वर्षेनी धेरै मात्रामा जनधनको क्षति पुर्याउँदै आएको छ। बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रूपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दालाई घरबारविहीन बनाइसकेको छ।

पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिका- २, ३, ८ र ९ उच्च जोखिममा परेको छ। सप्तकोसीले धार परिवर्तन गरी गत वर्ष उदयपुरको बेलकानगरपालिका- ८।

को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष चार हजार घरपरिवार उच्च जोखिममा परेका हुन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post