बागलुङमा टाउको छिनाइएको शव, ५६ घण्टामै आरोपी २ महिला पक्राउ !

बागलङ प्रहरीले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’को हत्या अभियोगमा पत्नी र सालीलाई पक्राउ गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार सम्मेलन गरेर तुलबहादुरको टाउको छिनाएर।

हत्या अभियोगमा दुई जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा २२ वर्षीया पत्नी कुमारी कामी र साली १८ वर्षीया मनीषा बिक रहेको बागलुङ प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।

घटना भएको जानकारी पाउने प्रहरीले ५६ घण्टाभित्र अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । घटनाको अनुसन्धान गर्न एसपी ज्ञवाली आफैले अनुसन्धान टोलीको नेतृत्व गरेर घटनास्थल निसीखोला पुगेका थिए ।

अपराधलाई लुकाउन र अपराध गरेको व्यक्ति भाग्न नपाओस् भनेर एसपी ज्ञवाली आफै खटिएका हुन् ।भदौ १ गते अन्दाजी सवा ११ बजेको समयमा निसीखोला–४, कालीमाटीस्थित निसीखोलाको किनारमा निसीखोला–५, कामीडाँडा बस्ने गुनबहादुर कामीको छोरा तुलबहादुरको घाँटी काटिएको अवस्थामा टाउको नभएको शव फेला परेको थियो।

ज्यानसम्बन्धी कसूरको अनुसन्धानका क्रममा साउन २५ गते रातको समयमा तुलबहादुर बिकलाई उनकी पत्नी कुमारी कामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एसपी ज्ञवालीले बताएका छन् ।

कुमारीले आफ्ना पति तुलबहादुर बिकलाई बेहोस बनाइसकेपछि खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लगेर शव खोलामा बगाइदिएको अनुसन्धानका क्रममा खुलेको ज्ञवालीले बताए ।

अभियुक्त कुमारी कामीलाई पक्राउ गरिएको साथै उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने (सूचना लुकाउने) कुमारी कामीकी बहिनी मनीषा बिकलाई भदौ ४ गते नियन्त्रणमा लिइएको एसपी ज्ञवालीले बताए ।

पक्राउ परेका कुमारी र मनीषालाई प्रहरीले आइतबार जिल्ला अदालत बागलुङबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post