
काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य आज पनि घटेको छ । अघिल्लो साताको सोमबारबाट घट्न थालेको सुन चाँदीको मूल्य आज मंगलबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ३ सयले घटेर ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन आज प्रतितोलामा ९४ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।