
घाँटी काटिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । घाँटीको अगाडिको भाग खुकुरीले काटिएको अवस्थामा
४१ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटना बिहीबार साँझ ५ः३० बजेतिरको छ ।
मृत फेला परेका रम्तेलकी सासूकाे टाउकोमा खुकुरीले काटिएको अवस्थामा भेटिएकी छन् । गम्भीर घाइते लाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल ल्याइएको छ ।
डिएसपी श्रेष्ठका अनुसार सासूलाई खुकुरीले प्रहार गरेपछि आफूले घाँटी काटेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘घरको बरन्डाको कोठामा घाँटी काटिएको अवस्थामा ज्वाईंको शव फेला परेको थियो ।