स्व. गायिका दिलमायाको प्रेमिले नै ह’त्या गरेको प्रमाण यसरी जुटायो प्रहरीले

लोकदोहोरी गायिका दिलमाया सुनारको ह’त्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग गरिएको छ ।

पक्राउ परेका श्रेष्ठ कर्तव्य ज्यान मुद्दा दर्ता भएको हो। कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय हुने कानुनी प्रावधान छ।गायिका दिलमाया सुनारको हत्यामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठ नै दोषी भएको भन्दै नेपाल प्रहरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा साउन ३ गते अनुसन्धान प्रतिवेदन पेश गरेको थियो।

गत असार ११ गते शनिबार तार्केश्वर नगरपालिका–११ स्थित नेपालटारको डेरामा लोकदोहोरी गायिका दिलमायाको श’व झण्डिएको अवस्थामा फेला परेको थियो। शुक्रबार राति उनको फेसबुकमा ‘सुसाइड नोट’ पोस्ट गरिएको फेला परेपछि प्रहरीले सुरुमा उनले आ’त्मह’त्या गरेको आ’शंका गरेका थिए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि दिलमायाको मृ’त्यु झु’न्डिएर नै भएको उल्लेख थियो।

प्रहरीले मंगलबार जिल्ला वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौंको गोठाटार बस्ने ३८ वर्षीय खिलबहादुर नै हत्यामा संलग्न भएको उल्लेख छ।

प्रहरीसँगको बयानमा उनले झुटो बोलेको स्पष्ट भएको, दिलमायाले स्टाटस लेख्न प्रयोग गरेको मोबाइल अझै नभेटिनु र दिलमायाको सल उनले नै पाँच किलोमिटर टाढा लगेर फ्याँक्नुले उनीमाथि अनुसन्धान सोझिएको प्रहरीले बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post