बालेनका लागि केशव स्थापित भन्दा झन् कडा बनेर निस्किइन् करिश्मा मानन्धर

काठमाडौं । चुनावी प्रचारको दौरानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सबैभन्दा ठूलो आलोचक थिए उनकै प्रतिस्पर्धी तथा एमाले नेता केशव स्थापित ।

अहिले स्थापित भन्दा कट्टर आलोचक बनेर निस्किएकी छन् नायिका तथा नेतृ करिश्मा मानन्धर । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को अहिले आलोचना भइरहेको छ।

केही दिन अघि बाटोमा मकै पोल्दै गरेका एक दम्पतीमाथि महानगरका कर्मचारीले लछारपछार गर्दै ठेलागाडा नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको हो।

महानगरको यो व्यवहारले उनीहरुको रोजीरोटी खोसिएको भन्दै धेरैले आलोचना गरेका हुन्। अन्यकै भीडमा मिसिएर करिश्मा मानन्धरले पनि यो विषयमा चर्को प्रश्न गरेकी छिन्।

उनले सामाजिक संजालमा मानन्धरले मानिसको बाँच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दै लेखेकी छिन् ‘महानगर सफा हुनुपर्छ, सही हो। हामीले आफ्नो करोडौं पर्ने जग्गा र घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गरेको सही हो। बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन, त्यो पनि सही हो। तर, गाउँ छाडेर हाम्रा सहरमा किन आउँछन् मान्छेहरु भन्ने प्रश्न मुख्य हो।

उनले कुनै पनि व्यक्ति देशको नागरिक भएपछि देशको हरेक ठाउँमा गरिखान पाउनुपर्ने तर्क गरेकी छिन्। मानन्धरले लेख्छिन्, ‘तपाईँहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउन र लागु गर भनेर मात्रै होइन। हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि विचार गर्नु भनेर पठाएको हो।

स्ट्रिट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ। पर्यटकहरुले समेत यसको आनन्द उठाइरहेका हुन्छन्। व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र विरोध गर्न तर्फ लाग्नेरु कि मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

गाउँमा सबै सुविधा भए कोही पनि सहर नपस्ने उनी बताउँछिन्। उनले लेखेकी छिन् ‘ठिक छ यसरी नै समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नु केही पनि छैन। तर, अहिले हेर्दा यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो।’

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post