महिलालाई एसिड छ्यापिदिन्छु भन्दै भिडिओ बनाउने युवक पक्राउ


महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर हाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँ पालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो।

उनी बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्थे। एउटा भिडिओमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए।

त्यसरी भिडिओ बनाएर अपलोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार कावासोती नवलपरासीबाट पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट मंगलबार सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post