करातेका २ प्रशिक्षक पक्राउ गरे छन् यस्तो गर्नै नहुने काम


किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।

१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएकोमोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।पक्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् ।

राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त दुवै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।

प्रहरीका अनुसार दुई महिना अघिदेखि किशोरी कलेज जान छाडेकी थिइन् । अभिभावकले सोधीखोजी गरेपछि उनले आफू सामूहिकबलात्कारमा परेको र कलेजमा जानसक्ने अवस्थामा नभएको बताएपछि अभिभावकको सहयोगमा जाहेरी दिइएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post