
बाग्लुङको बुर्तिबाङबाट गुल्मी हुँदै बुटवलतर्फ आउने क्रममा आइतबार पाल्पाको लघुवामा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको छ ।
बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । मुत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् लु १ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका-२ लघुवामा दुर्घटना भएको थियो । आज बिहान मात्रै मृतक सबैको खनाखत भएको हो । मृत्यु भएका ६ जना मध्य एक बाग्लुङको तमानखोला गाउँपालीका ४ लाम्मेलाका पूर्णिमा विक रहेका छन् ।
पूर्णिमा एक हप्ता अगाडि आफ्नो माईतिपक्ष (बाबा आमा) लाई भेट्न तमानखोला गएको उनको परिवारको जानकारि छ । उनकै आमाका अनुसार पूर्णिमाले बुवालाई १० वर्ष पछि भेटेका थिए । पूर्णिमाले विवाह गर्ने समयमा बुवा बिदेश भएको र अहिले मात्रै आएको कारण उनी आफ्नो ससुरा बुवाको साथमा जन्मदिने बुवालाई भेट्न नवलपरासीबाट आएका थिए ।
हाल बर्दघाट नवलपरासी बस्दै आएका मृतक पूर्णिमाका श्रीमानबलराम श्रीपाली बैदेशिक रोजगारका लागी विगत ४ वर्ष देखि कतारमा छन । २४ वर्षीय पूर्णिमाको घटना स्थलमा मृत्युभएको हो भने उनी संगै यात्रामा रहेका उनका ससुरा अम्मरे विकको ढाडमा चोट लागेको प्रहरीको भनाई छ८ गतेको दिन लामो यात्रा गर्नुहुन्न।
भन्दै आफुले नजान पटक पटक आग्रह गरेपनि बिशेष काम देखाउदै हिडेको उनको आमाको भनाई छ । पूर्णिमाको शव बुझ्न बुर्तिबाङबाट पूणर्ीमाको आमाबुवा सहित उनको घर पक्षका आफन्त अहिले उक्त स्थानतर्फ जान लागेको मृतक पूर्णिमाका जेठाजु दाई शिखर श्रीपालीले बताएका छन ।
पूर्णिमामा संगै मृत्यु हुनेमा बाणगंगा नगरपालिका-२ कपिलवस्तुका ४५ वर्षीय सुरज सोमै, गुल्मीको चन्द्रकोट गाउँपालिका-८ का १६ वर्षीय प्रवेश काफ्ले, देवदह नगरपालिका-७ रूपन्देहीकी ८७ वर्षीया दिलसरा कामी, बडिघाट गाउँपालिका-१० बाग्लुङकी ५५ वर्षीया यमकला थापा र मुसिकोट नगरपालिका-७ का ४० वर्षीय लालबहादुर राना रहेका छन् । ।